कैलालीमा टेम्पो खसालिएको घटना : वन निर्देशकको संयोजकत्वमा छानबिन समिति « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

कैलालीमा टेम्पो खसालिएको घटना : वन निर्देशकको संयोजकत्वमा छानबिन समिति



कैलालीको गोदावरी नगरपालिका-४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ ।

उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए ।

समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन् ।

गत जेठ २९ गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र विवाद सिर्जना गरेको थियो । त्यसपछि प्रदेश सरकारले घटनाको यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो ।

सचिव कोइरालाले घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएर छानबिन गरेर दोषीलाई कारबाही गरिने बताए । यो घटनामा सोधपुछका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । -Onlinekhabar

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : २३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री