फिलिपिन्स भूकम्प : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ जना अझै बेपत्ता « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

फिलिपिन्स भूकम्प : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ जना अझै बेपत्ता



फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार अद्यावधिक गरेको तथ्याङ्कअनुसार भूकम्पमा परी ४ सय ८७ जना घाइते भएका छन् भने अझै १७ जना बेपत्ता छन्।

भूकम्पका कारण ३३ हजारभन्दा बढी परिवारका करिब डेढ लाख नागरिक प्रभावित भएका छन्। अस्पताल, विद्यालय र पुललगायत २ सय ३८ वटा भौतिक पूर्वाधारमा क्षति पुगेको परिषद्ले जनाएको छ।

मिन्डानाओको अधिकांश भाग र मध्य फिलिपिन्सका केही क्षेत्रमा कडा कम्पन महसुस गरिएको थियो। मुख्य झट्कापछि हालसम्म १ हजार ७ सयभन्दा बढी परकम्प गइसकेका छन्। प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य अहिले पनि तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्।

मानवीय र भौतिक क्षतिका हिसाबले सारङ्गनी र दक्षिण कोटाबातो प्रान्त सबैभन्दा बढी प्रभावित बनेका छन्। यी दुई प्रान्तमा मात्रै करिब सात लाख जनसङ्ख्याको बसोबास छ। -onlinekhabar

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १२ : २० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री