प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल



प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एक मात्र प्रस्ताव परेकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो । सो प्रस्तावलाई अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

उपसभापति अर्यालको मात्रै प्रस्ताव आएकाले निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्याल काठमाडौं-९ बाट निर्वाचित भएका थिए ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधिसभाबाट निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ४३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री