प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी



प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेपाली कांग्रेसबाट १४ जना महिला उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार रास्वपाबाट १३ र कांग्रेसबाट एक जना प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपाले १६ र कांग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू खडा गरेको थियो ।

यस्तै नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टीले ११ महिलालाई उम्मेदवार बनाएको थियो । आयोगका अनुसार निर्वाचनमा ३८८ महिला उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।

कांग्रेसबाट उम्मेदवार बनेका ११ महिला नेतृमध्ये बासना थापाले मात्रै जित निकालेकी छन् । उनी दैलेख–१ मा १२ हजार ३७२ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७६९ मत पाउँदा रास्वपाका नन्दकिशोर बस्नेत आठ हजार १५१ मतसहित तेस्रो भएका छन् ।

रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर झापा–२ मा ६० हजार ११० मतसहित विजयी भएकी छन् । यस्तै चितवन–३ मा ५९ हजार २७७ मत ल्याएर सोबिता गौतम निर्वाचित भएकी छन् ।

झापा–१ बाट ४५ हजार ६८० मतसहित निशा डाँगी र सर्लाही–१ बाट ४४ हजार १८१ मतसहित नीतिमा भण्डारी कार्की विजयी भएको आयोगले जनाएको छ ।

यस्तै तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६, आशिका तामाङ धादिङ–१ बाट ३९ हजार १२८ मत ल्याएर विजयी भएका छन् ।

सप्तरी–१ बाट विजयी पुष्पाकुमारी चौधरीले ३८ हजार १९५, कास्की–३ बाट विजयी बिना गुरूङले ३७ हजार ७५० मत ल्याएका छन् ।

आयोगका अनुसार रास्वापा नेतृ आशा झा मोरङ–५ र गौरी कुमारी महोत्तरी–४ बाट विजयी भएका छन् । उनीहरूले क्रमशः ३० हजार ४३४ र ३० हजार १३२ मत पाएका छन् ।

रास्वपा नेतृ कोमल ज्ञवाली कैलाली–१ बाट १७ हजार ८२६ मत र रञ्जु न्यौपाने काठमाडौं–१ बाट १५ हजार ४५५ मत पाएर निर्वाचित भएका छन् ।

त्यसैगरी मोरङ–६ बाट रुबिना आचार्य विजयी भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १० : ३२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री