परराष्ट्र मन्त्रालयले भन्यो – भेनेजुएला घटना नजिकबाट नियालिरहेका छौँ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

परराष्ट्र मन्त्रालयले भन्यो – भेनेजुएला घटना नजिकबाट नियालिरहेका छौँ



सरकारले भेनेजुएलाको घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको थियो।

नेपालका राजनीतिक दलहरूले अमेरिकाले एक सार्वभौम मुलुकको राष्ट्र प्रमुखलाई नियन्त्रणमा लिएको घटनाको विरोध जनाएका थिए। साथै काठमाडौंमा अमेरिका विरूद्ध प्रदर्शन समेत भएको थियो।

घटना भएको चार दिनपछि नेपाल सरकारले पनि सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको हो ।

‘नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले संवाद, कूटनीति र आपसी समझदारीमार्फत् विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्नेमा विश्वास गर्छ।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : ४८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री