नयाँ दिल्लीमा प्रदुषण उच्च तहमा, ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्ने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नयाँ दिल्लीमा प्रदुषण उच्च तहमा, ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्ने



काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको मात्रा बढ्दै गएपछि नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरिएको छ । प्रदूषण उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने तथा कार्यालयमा थोरै जनशक्ति परिचालन गर्ने जस्ता नीति अघि सारिएको हो । करिब ३ करोड जनसंख्या रहेको दिल्लीमा केहिदिनयता वायु गुणस्तर सूचकाङ्क –ए–क्यूआई० गम्भिर अवस्थामा पुगेपछि नयाँ नियम लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

दिल्लीमाा वायु प्रदूषणको दर ४ सय ५० ए–क्यूआई भन्दा बढी पुगेकाले मानव स्वास्थ्यका लागि खराब मानिएको अन्र्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रदूषणका कारण दिल्लीका केही भागमा भिजिबिलिटी कम हुँदा हवाई उडान र रेल सेवा समेत प्रभावित भएको समाचारमा जनाइएको छ ।

प्रदूषण नियन्त्रणका लागि भन्दै लागू गरिएका प्रतिबन्ध अनुसार डिजेलबाट चल्ने पुराना ट्रकहरुलाई शहर प्रवेशमा रोक लगाइने छ । यस्तै, निर्माणजन्य काम समेत तत्कालका लागि रोकिएको तथा विद्यालयहरु पनि सञ्चालनको ढाँचामा परिवर्तन गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय सरकारका मन्त्री कपिल मिश्रका अनुसार निजी तथा सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी घटाउने र बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ७ : ५७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री