एनपीएल सिजन टु: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एनपीएल सिजन टु: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने



दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।दोस्रो क्वालीफायरमा आज विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएसँगै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

शीर्ष क्रमका ३ ब्याटर दोहोरो अंक समेत नबनाइ आउट भएपछि विराटनर सुरुदेखिनै दबाबामा परेको थियो । उसका लागि सम हेजलेटले सर्वाधिक ३४, नरेन भट्टले २१ र मर्चेन्ट डे ल्याङले १७ रन बनाउनुबाहेक अन्यले विर्सनलायक प्रर्दशन गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३४ रन जोडे ।

सर्ट र रोहित पौडेलले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । यस्तै, निरोशन डिकवेलाले २९ रन बनाए । विराटनगरका सुभाष भण्डारी र प्रतिश जिसीले समान ३÷३ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । पहिलो क्वालीफायरमा विराटनरलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसको को छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ४२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री