पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय



काठमाडौं ।पाकिस्तानको सैन्य अदालतले एक पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय हुने फैसला सुनाएको छ । 

राज्यको गोपनियता उल्लङ्घन गरेको तथा राजनीतिमा हस्तक्षेप गरेको आरोपमा पूर्व गुप्तचर प्रमुख फैज हमीदलाई सो सजाय सुनाइएको हो । हमीदले सन् २०१९ देखि २०२१ सम्म तत्कालीन प्रधानमन्त्री इमरान खानको कार्यालयमा रहेको पाकिस्तानी गुप्तचर निकायको नेतृत्व गरेका थिए ।

पाकिस्तानमा गुप्तचर निकायका प्रमुखलाई सैन्य अदालतले कारबाही गरेको यो नै पहिलो घटना भएको बीबीसीले जनाएको छ । पूर्व प्रधानमन्त्री खानका कट्टर समर्थकको छवि बनाएका हमिद प्रधानमन्त्री खानको बर्खास्तीसँगै आवकासमा गएको समाचारमा जनाइएको छ । पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तीमा पूर्व गुप्तचर प्रमुखलाई सो फैसला सुनाइएको उल्लेख छ ।

सेनाका अनुसार हमीदमाथि राजनीतिक गतिविधिमा संलग्न रहेको तथा राज्यको हितलाई हानि पुर्याउने गरि गोपनीयता ऐनको उल्लङ्घन गरेको र सरकारी स्रोत साधनको दुरुपयोग गरेको लगायत मुद्दा चलाइएको थियो । सैन्य अदालतबाट भएको फैसलाप्रति असहमति भएमा हमीदलाई सर्वोच्च अदालतमा अपील गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ३८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री