यसै महिना भएको दुईदेशबीचको झडपमा परि दर्जनौंको नागरिकको मृत्यु भएपछि शान्ति वार्ता भएको हो । वार्ताका क्रममा पाकिस्तानी सुरक्षा अधिकारीले अफगानीस्तानले आफ्नो भूमिमा आक्रमण गर्ने योजना बनाउने माथि कारबाही गर्नुपर्ने बताएको समाचारमा उल्लेख छ । इस्लामाबादले तालिबानमाथि पाकिस्तानी तालिबानलाई आश्रय दिएको आरोप लगाउँदै अफगानिस्तानबाट पाकिस्तानी सेनामाथि आक्रमणको जोखिम देखिएको दाबी गर्दै आएको छ ।
तर आफगानीस्तानले भने सो आरोपको खण्डन गर्दै तालिबानमाथि नियन्त्रण नभएको प्रतिक्रिया जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२१ मा अफगानीस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यसै महिना दुई देशबीचको सीमा क्षेत्रमा झडप हुँदा दर्जनौं नागपरिकको मृत्यु भएको थियो ।






प्रतिक्रिया