प्रधानमन्त्री भन्छिन्, परिस्थितिको संवेदनशीलता बुझौँ, निर्वाचनमा जुटौँ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री भन्छिन्, परिस्थितिको संवेदनशीलता बुझौँ, निर्वाचनमा जुटौँ



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले परिस्थितिको संवेदनशीलता र आ-आफ्नो जिम्मेवारीको बोध गर्दै सबै पक्ष निर्वाचन सफल पार्न जुट्नुपर्ने बताएकी छिन्। छठ पर्वमा शुभकामना दिँदै उनले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण आह्वान गरेकी छिन्।

‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु’, उनले जारी गरेको सन्देशमा उल्लेख छ।

उनले कुनै असन्तुष्टि भए सडकबाट नभई शान्तिपूर्ण तबरबाट समाधान खोज्नसमेत आग्रह गरेकी छिन्। ‘सडकमा प्रदर्शन मात्र सबै समस्याको समाधान होइन’, उनले भनेकी छिन्, ‘आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तबरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।’

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : १५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री