म्यानमारमा सैनिक सरकार विरुद्ध भएको प्रदर्शनमा २५ जनाको मृत्यु « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

म्यानमारमा सैनिक सरकार विरुद्ध भएको प्रदर्शनमा २५ जनाको मृत्यु



म्यानमारमा सैनिक सरकार विरुद्ध भएको प्रदर्शनका क्रममा २५ जनाको मृत्यु भएको छ ।

सेनाले भीडमाथि दुईवटा बम खसाल्दा उनीहरुको मृत्यु भएको हो । मध्य म्यानमारको चाउङ यू टाउनशिपमा भएको सो घटनामा २७ जना घाइते भएको निर्वासित सरकारका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणको समयमा १ सय जना भेला भएको समाचारमा जनाइएको छ । म्यानमारको पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) भनेर चिनिने समूहका अनुसार सम्भावित हवाई आक्रमणबारे जानकारी भए पनि अपेक्षा गरिए अगावै भेला भएका नागरिकको समूहमाथि सेनाले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार निर्धारित समय अघिनै प्रदर्शन रोक्ने प्रयास गर्दै गर्दा आक्रमण भएको हो । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेदेखि हालसम्म म्यानमारमा हजारौंको मृत्यु भएको छ भने लाखौं नागरिक विस्थापित भएका छन् ।

 

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ०२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री