चुनावको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

चुनावको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनको आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्। आज मंगलबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले तोकिएको चुनाव सम्पन्न गर्ने गरी वातावरण सिर्जना गर्न आग्रह गरेकी छन्।

‘चुनावको माहोल सिर्जना गरौँ, वातावरण बनाउने काममा लागौँ,’ प्रधानमन्त्रीले बैठकमा भनेकी थिइन्। कार्कीले छिटै सर्वदलीय बैठक राखेर निर्वाचनबारे छलफल गर्न पनि भनेकी छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा जानकीदेवी तुलाधर र सगुन शमशेर जबराले छलफल गरेका हुन्। निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका लगायतका बारेमा छलफल भएको हो।

जेनजी आन्दोलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पतन भएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीका कार्की नियुक्त भएकी हुन्। अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। प्रकाशित मितिस् २१ आश्विन २०८२, मंगलबार

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ०३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री