महावीर पुन भन्छन्ः ‘बधाई भन्दै फोन नगर्नू, मन्त्री नै भन्न सार्है रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्नू’ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

महावीर पुन भन्छन्ः ‘बधाई भन्दै फोन नगर्नू, मन्त्री नै भन्न सार्है रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्नू’



काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई बधाई मात्रै दिनका लागि फोन नगर्न आग्रह गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुन लागेका पुनले बधाई दिँदा खादा माला लिएर नआउन पनि आग्रह गरेका छन् ।

उनले बधाई र खादामालाको साटो ५ महिनामा आफ्नो क्षेत्राधिकारभित्र पर्ने मन्त्रालयबाट गर्न सकिने काम र आइडियाहरू ह्वाट्सएपबाट पाउन पनि आग्रह गरेका छन् । यस्तै पुनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने मन भए कवाडी वैज्ञानिक मन्त्री भन्ने आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो पहिलो घोषणा कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला । बरु शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला । मलाई कसैले पनि मन्त्री नभन्नु होला कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ३३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री