यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा



काठमाडौं । यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।

नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।

उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।

त्यसैगरी ७ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा, १३ गते फूलपाती तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा उत्तम मानिएको छ।

समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने उल्लेख छ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : ४५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री