जेनजी आन्दोलनपछि देशभर ९ हजार बढी कैदी फरार, त्रासमा समाज « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनपछि देशभर ९ हजार बढी कैदी फरार, त्रासमा समाज



काठमाडौं । गत भदौ २३ र २४ गते जेनजीले गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका १४ हजार ५४९ जना कैदी बन्दीमध्ये चार हजार ७७४ कैदीमात्रै सम्पर्कमा आएका छन्। ​

नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उनकै कार्यकर्ताले निकालेपछि सिङ्गो देशका कारगार अस्तव्यस्त बनेको आरोप छ।

लामिछानेलाई कारागारबाट निकालौंभन्दै रास्वपाका कार्यकर्ताहरु सामाजिक सञ्जालमा आह्वानमै उत्रिए। तर, लामिछाने बाहिरिएपछि धेरै कारागारबाट खुँखार अपराधी पनि बाहिरिन थाले।

भदौ २४ गते रास्वपाका नेता÷कार्यकर्ताहरु आफ्ना सभापतिलाई कारगारबाट निकाल्न नक्खु पुगे । त्यहाँ जेल ब्रेक हुने अवस्था आएपछि प्रशासनले खुकुलो बनाउनुपर्यो ।

यसको परिणाम अहिले देखिएको छ। फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्चपदस्थ अधिकारीलाई धम्की दिन थालेका छन्।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीबाट न्यायाधीशलाई धम्की आउन थालेको बताइन्। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितका वरिष्ठतम न्यायाधीशसहितको टोलीले सोमबार काठमाडौँ जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन गरेको थियो। सो क्रममा न्यायाधीश मल्लले अपराधीहरुले फोन गरेर धम्की दिन थालेको बताएकी हुन्।

भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर केहीलाई फिर्ता गरेका छन् भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्।

कतिपय आफैँ फिर्ता भएर कारागार पुगेका छन । अहिलेसम्म नौ हजार ८०३ जना कैदी फरार फरार रहेको कारागार व्यव्सथा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए।

आपराधिक मानसिकता भएका र फर्किन नचाहनेलाई प्रहरीमार्फत् नै फर्काउनुपर्ने र नियन्त्रणमै लिनुपर्ने अवस्था छ। अहिले समाज त्रसित छ। कतिपय ठाउँमा लुटपाट र चोरीका घटना बढेका छन्। त्यसबाहेक पीडितको उजुरीमा जेल पुगेकाहरुले बदला लिने खतरा पनि छ। सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपा सभापति लामिछाने भदौं २४ गते दिउँसो कारागारबाट निस्केका थिए।

उनले आफूलाई कारागार प्रशासनले निस्कन बाध्य पारेको दाबी गरेपनि लामिछाने चर्को आलोचनापछि पुनः कारागार फिर्ता भईसकेका छन।

नख्खु कारागारबाट मात्रै १४ सय कैदीबन्दी फरार रहेका छन्। सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि ३३ सय कैदीबन्दी निस्केका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानम्त्री टोपबहादुर रायमाझी पनि यहीबाट भागेका थिए। तर अहिलेसम्म फिर्ता भएका छैनन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री