रास्वपा सांसद् सोविता गौतम भन्छिन्ः संसद विघटन गर्न पाइँदैन « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

रास्वपा सांसद् सोविता गौतम भन्छिन्ः संसद विघटन गर्न पाइँदैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत गौतमले जेन–जी आन्दोलनले निकासा खोजिरहेको बेला संसद विघटनबारे भइरहेको छलफललाई खतरनाक संकेत भन्दै चेतावनी दिइन्। उनका अनुसार संसद विघटन हुनु भनेको “जनता संकटमा पर्नु, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्नु” हो।

उनले भनिन्, “नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो।”

सांसद गौतमले आन्दोलनको समाधान गर्न संवाद र निकास दिनुपर्नेमा जोड दिँदै संसदलाई जोगाउनुपर्ने आवश्यकता दोहोर्याएकी छन्।

उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन्। “गोली चलाउनेहरू र चलाउन आदेश दिनेहरू अपाराधी हुन्। उनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ,” उनले भनिन्।

 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ८ : १२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री