खराब मौसमले एयर एम्बुलेन्स नपुग्दा गर्भवतीलाई पैदलमार्गबाट अस्पताल पठाइयो « Mahila Khabar
१४ श्रावण २०८३, बिहिबार

खराब मौसमले एयर एम्बुलेन्स नपुग्दा गर्भवतीलाई पैदलमार्गबाट अस्पताल पठाइयो



काभ्रेपलाञ्चोकको कर्णाली खानीखोला गाउँपालिका–६ स्थित साल्धारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा सुत्केरी बेथाका कारण भर्ना भएकी सानीमाया लोप्चनलाई प्रतिकूल मौसमका कारण एयर एम्बुलेन्सबाट उद्धार गर्न नसकिएपछि पैदलमार्गबाटै अस्पतालतर्फ पठाइएको छ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार सानिमाया लोप्चन सुत्केरी बेथा लागेपछि शनिबार स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। स्वास्थ्यकर्मीको निरन्तर जाँचका क्रममा गर्भमा रहेको बच्चा उल्टो रहेको तथा सालनाल अगाडि निस्किने अवस्था देखिएकाले तत्काल शल्यक्रिया (सि–सेक्सन) आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

साल्धारा स्वास्थ्य चौकीले उनलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा तत्काल रेफर गर्दै हेली एम्बुलेन्स उपलब्ध गराइदिन सम्बन्धित निकायसमक्ष सिफारिस गरेको थियो।

स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयले हिजोदेखि नै हेली एम्बुलेन्स परिचालनका लागि समन्वय र प्रयास जारी राखे पनि लगातारको खराब मौसमका कारण हेलिकप्टर उडाउन सम्भव नभएको जनाइएको छ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार हिजो अबेर सम्म खराब मौसमका कारण हेलिकप्टर उडाउन सम्भव नभएको र आज आइतबार बिहान पनि सुरुमाँ  काठमाडौंको र अहिले खानीखोलाको मौसम बिग्रिएकोले उद्दारमा समस्या भएको जानकारी दिए ।

हेली एम्बुलेन्सबाट उद्धार हुन नसकेपछि आमा र गर्भस्थ शिशुको ज्यान जोगाउन अन्ततः सानीमाया लोप्चनलाई पैदलमार्गबाट अस्पतालतर्फ लगिएको छ।

पालिकाले मौसममा सुधार आउनेबित्तिकै आवश्यक उद्धार तथा उपचार व्यवस्थापनका लागि निरन्तर समन्वय भइरहेको बताएको छ । -Onlinekhabar

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १२ : ४९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री