एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ



कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । लेखा प्रमुख गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनीहरू शनिबार ठमेलबाट पक्राउ परेका हुन् ।

विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्रको हेड्क्वार्टरले छानबिन गरिरहेको थियो । सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर उनले अनियमितता गरेको उजुरी परेको थियो । विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । अनियमिततामा इन्स्पेक्टर गुरुङ मुख्य भूमिकामा देखिएकी छन् । उनी ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखामा कार्यरत छिन् । सशस्त्र प्रहरी हेड्क्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेर छानबिन गरेको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा देखी नै एपीएफ स्कुलको लेखामा कार्यरत गुरुङ इन्स्पेक्टरमा बढुवा भएपछि पनि लगातार ४ वर्षदेखि एकै ठाउँमा कार्यरत छिन् । इन्स्पेक्टर गुरुङले गरेको अनियमिततालाई प्रधान कार्यालयका केही अधिकृतहरूले पनि साथ दिएको आशङ्का गरिएको छ । सो प्रकरणमा कल्याण महाशाखामा कार्यरत लेखापाल (डीएसपी) महेन्द्र हमाल पनि छानबिनको दायरामा छन् । एपीएफ स्कुल कल्याणको बजेटबाट सञ्चालन हुँदै आएको छ ।

विद्यालयमा भएको अनियमितता थाहा भएर पनि डीएसपी महेन्द्र हमाले सङ्गठनलाई जानकारी नदिएर गुपचुप राखेको आरोप छ । २०८२ मंसिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो । –ratopati

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : ०७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री