दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी



सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले आफ्नो आन्दोलनलाई १२ औँ दिन पनि निरन्तरता दिएका छन्।

आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने उद्देश्यले उनीहरूले शुक्रबार माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे।

दृष्टिविहीनहरूको माग सम्बोधन नभएका कारण विगत १२ दिनदेखि उनीहरू निरन्तर माइतीघरमा आन्दोलनरत छन्। सडक पेटीमा व्यापार व्यवसाय र सडक सङ्गीत प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई पछिल्लो समय सरकारले व्यवसाय गर्न नदिएको गुनासो छ। सरकारले दृष्टिविहीनहरूको सम्मानजनक रूपमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

आन्दोलनकारीहरूले योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्। यदि रोजगारी दिन सम्भव नभए अहिलेसम्म गर्दै आएको स्वरोजगार तथा सडक सङ्गीतजस्ता पेसालाई निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने उनीहरूको अडान छ।

यसका साथै सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १ : ०५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री