आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो पर्‍यो : आशिका तामाङ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो पर्‍यो : आशिका तामाङ



 रास्वपा सांसद आशिका तामाङले आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताएकी छन् ।

इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत् मतदान गरेपछि उनले नचिनेका/नजानेकालाई पनि मतदान गर्नैपर्ने अवस्था रहेको बताइन् ।

मेसिनमा भोट संकेत नगरी अर्को स्टेपमा जानै नपाइने सिस्टम रहेको बताउँदै उनले भनिन्, ‘आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्नलाई चाहिँ अलिकता गाह्रो भयो ।’ नचिनेका/नजानेकालाई भोट हाल्दिनँ भन्न नपाइने अवस्था रहेको उनको भनाइ थियो ।

‘भोटिङको सिस्टम जुन राख्नु भएको छ– महिला, समावेशी अथवा खुला–महिला भनेर जुन भनिएको छ, त्यो अनुसारको छैन त्यहाँ,’ तामाङले भनिन्, ‘मन लागोस् कि नलागोस् ६४ जनालाई तपाईंले हाल्नै पर्ने । त्यो नहालीकन नेक्स्टमा जानै नपाइने ।’

उनले आफ्नै नाम खोज्न पाँच मिनेट जति समय लागेको पनि बताइन् ।

अछामका एकेन्द्रप्रसाद देवकोटाले पनि नचिनेकालाई जथाभावी भोट हालेर आएको बताए । उनले भने, ‘६४ जना खुल्लाबाट छ । ६४ जनामा हामी सबैलाई चिन्दैनौं नि त । चिनेजतिको राम्रा राम्रा सम्भावित व्यक्तिहरु जो छन्, तिनीहरुलाई भोट हालियो । नचिनेकोलाई घचाघच हालेर आएको हो ।’

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : ३४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री