फिफाले लगायो नेपालमाथि प्रतिबन्ध « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

फिफाले लगायो नेपालमाथि प्रतिबन्ध



अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो । यसले नेपाली फुटबल अनिश्चिता र अन्यौलतातर्फ गएको छ ।

फिफाले आफ्नो वेब साइटमा उल्लेख गरे अनुसार उसको ब्युरो अफ द काउन्सिलले नेपाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो, जुन फुकुवा भइसकेको छ । परिषदले एन्फाको प्रस्तावित चुनावलाई मान्यता नदिएपछि त्यो स्थगित भएको थियो । पंकज नेम्वाङ नेतृत्वको अहिलेको कार्यसमितिको समयावधि पनि समाप्त भइसकेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : ३२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री