छोरी जन्मिए प्रोत्साहन भत्ता « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

छोरी जन्मिए प्रोत्साहन भत्ता

छोरी जन्मिए प्रोत्साहन भत्ता



म्याग्दी — अन्नपूर्ण  गाउँपालिकाले छोरी ९शिशु० जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।

छोरीप्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्द्धन, गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको हो । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन भएको बताइन् । उक्त कार्यक्रममार्फत २०८२ साउनयता जन्मिएका छोरीका अभिभावकलाई १२ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने उनको भनाइ छ ।

ुछोरी जन्म प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बालिका जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ,ु उनले भनिन्, ुछोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार २०८२र८३ मा विनियोजित बजेटमार्फत कार्यक्रम कार्यान्वयन थालिएको छ ।ु

छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्नुका साथै बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्‍याउनु रहेको जनाइएको छ ।

सो कार्यक्रमअन्तर्गत २०८२ साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार ७ गतेसम्म आवेदन पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १२ : २९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री