बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ स्थित बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार उनीहरुको सनाखत भएको हो । बनेपाबाट रोशी गाउँपालिका-६ स्थित सुघुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो । दुर्घटनामा घाइते भएकाको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मृतकहरु
- सिन्धुलीको घ्याङलेख गाउँपालिका-४ का २२ वर्षीया सुमी तामाङ
- नेपाली सेनामा अमल्दारका रूपमा कार्यरत दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी
- रोशी गाउँपालिका-६ का ७३ वर्षीय मेघबहादुर तामाङ
- रोशी-६ का ७५ वर्षीय इन्द्रबहादुर तामाङ
- रोशी-६ का ५५ वर्षीय राजु तामाङ
- रोशी-७ की ३४ वर्षीया फूलमाया तामाङ
- रोशी-७ की ६० वर्षीया माया लामा
- रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ -ekantipur






प्रतिक्रिया