कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए



कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् ।

पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आएकी थिइन् । तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन् ।

धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसालि दिएको बताइन् । डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ ।

यता  डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक-पटक हटाउन ताकेता गर्दा नमानेको दाबी गर्दै हटाउने क्रममा कर्मचारीलाई गालीगलौज गरेएपछि उक्त स्थिति सिर्जना भएका दाबी गरे ।

‘सडकमा चलाउन नमिल्ने पुरानो टेम्पोलाई पसलका रुपमा प्रयोग गर्ने गरेको रहेछ । हामीले सडक क्षेत्र अतिक्रमण गरेर राखिएको टेम्पो हटाउन विगत पुसदेखि उहाँलाई भन्दै आएका थियौ’, ठाकुरले भने, ‘ तर, अहिलेसम्म नहटाएको देखिएपछि कर्मचारी खाली गर्न पुग्नुभएको थियो । त्यहीबेला उहाँहरुले गालीगलौज गरेपछि आवेशमा त्यस्तो भयो होला ।’

ठाकुरले टेम्पो चलाउन मिल्ने खालको नभइ पुरानो भएको बताए । डिभिजन वन कार्यालयले अहिलेसम्म राजमार्ग क्षेत्रमा अतिक्रमण गरि बनाइएका ४७ संचरना भत्काएको जनाएको छ । -Onlinekhabar

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १२ : १० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री