रास्वपा कोशीको निर्वाचनमा पराजित हुने भएपछि कार्यवाहक अध्यक्ष गोमा तामाङले राजनीतिबाट बिट मारेको बताएकी छन् ।
७९ को चुनावमा सुनसरी क्षेत्र नम्बर-१ मा उठेकी उनी एमाले-जसपा नेपाल गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अशोककुमार राईसँग ४५३ मतको अन्तरले पराजित भएकी थिइन् ।
हालैको चुनावमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भइन् । तामाङ स्थापना कालबाटै रास्वपामा लागेकी हुन् । प्रदेशको उप सभापति भएका बेला राजेश तिम्सिना मुकुल ढकाल सहित कारबाहीमा परेपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
७९को निर्वाचनमा समेत सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार भएकी तामाङले अशोक राई पछि सर्वाधिक मत पाएकी थिइन् । ७९ को निर्वाचनमा उम्मेदवार भएपछि उनी चर्चामा आएकी थिइन । सो भन्दा अगाडि रास्वापमा भए पनि उनी गुमनाम जस्तै थिइन् ।
प्रदेशको निर्वाचनमा सभापतिका लागि गुटबन्दी गरिएको भन्दै उनले हिजो साँझ आक्रोश व्यक्त गरेकी थिइन् । तामाङले प्रतिनिधि सभाका सांसदहरूले उनका प्रतिस्पर्धीलाई मत मागेको भन्दै उनले यस्ता सांसदलाई कोशी कट्न नदिने चेतावनी समेत दिएकी थिइन् । प्रदेशको सभापतिमा चन्द्र राई विजयी नजिक पुगेका छन् ।






प्रतिक्रिया