उपसभामुख ठाकुर भन्छिन्- शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत छु « Mahila Khabar
११ कार्तिक २०८३, मंगलबार

उपसभामुख ठाकुर भन्छिन्- शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत छु



उपसभामुख रुबीकुमारी ठाकुरले हिजो प्रतिनिधिसभा वैठक केहीबेर सञ्चालन गर्दा विभिन्न खाले टिकाटिप्पणीहरु भए । उनलाई केही सांसदको नाम उच्चारण गर्न सकस परेको थियो ।

ठाकुरको मातृभाषा मैथली भएकाले नेपाली सहजताका साथ बोल्न सक्दिनन् । यसले गर्दा पनि उनलाई सभा सञ्चालनमा कठिनाइ भएको देखिन्थ्यो । यस विषयमा सामाजिक सञ्जामा ठाकुरले आफ्नो भनाइ राखेकी छन् । उनले आफू शुद्ध नेपाली बोल्न प्रयासरत रहेको बताएकी छन् ।

मातृभाषा मैथली र जन्मभूमि मधेश भएकाले आफ्नो बोली लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वभाविक भएको ठाकुरको भनाइ छ ।

उनले लेखेकी छन्, ‘मातृभाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा हो । यसलाई म गर्वका साथ अपनाउँछु र जीवनभर सम्मान गरिरहनेछु । शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ११ : ४७ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको