उपसभामुख ठाकुर भन्छिन्- शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत छु « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

उपसभामुख ठाकुर भन्छिन्- शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत छु



उपसभामुख रुबीकुमारी ठाकुरले हिजो प्रतिनिधिसभा वैठक केहीबेर सञ्चालन गर्दा विभिन्न खाले टिकाटिप्पणीहरु भए । उनलाई केही सांसदको नाम उच्चारण गर्न सकस परेको थियो ।

ठाकुरको मातृभाषा मैथली भएकाले नेपाली सहजताका साथ बोल्न सक्दिनन् । यसले गर्दा पनि उनलाई सभा सञ्चालनमा कठिनाइ भएको देखिन्थ्यो । यस विषयमा सामाजिक सञ्जामा ठाकुरले आफ्नो भनाइ राखेकी छन् । उनले आफू शुद्ध नेपाली बोल्न प्रयासरत रहेको बताएकी छन् ।

मातृभाषा मैथली र जन्मभूमि मधेश भएकाले आफ्नो बोली लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वभाविक भएको ठाकुरको भनाइ छ ।

उनले लेखेकी छन्, ‘मातृभाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा हो । यसलाई म गर्वका साथ अपनाउँछु र जीवनभर सम्मान गरिरहनेछु । शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ११ : ४७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री