खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजस्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा « Mahila Khabar
१२ कार्तिक २०८३, बुधबार

खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजस्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा



 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीहरूमा २० प्रतिशत राजस्व हिनामिना भएको जिकिर गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् ।

आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा २० प्रतिशतको राजस्व हिनामिना भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘७/८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७/८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’

यस्तै ११ देखि १४ सिटको लागि १० प्रतिशत भन्सार रहेकोमा यस्ता सवारीमा पनि अमान्य सिटहरूलाई मान्य गरी १५ देखि देखि १८ सिट कायम गरी १ प्रतिशत भन्सार लिएर ९ प्रतिशतको राजस्व हिनामिना भएको उनले बताइन् ।

‘यस्ता करिब ५ हजार भन्दा बढी गाडी आयात भई दर्ता भइसकेको र अन्य आयात भइ दर्ता हुने क्रम जारी नै छ,’ उनले भनिन् ।

यातायात व्यवसायी एनले सवारीको स्तर र त्यसको मापदण्ड विपरीत बढी सिट राख्ने र राजस्व छुट दिने कार्य भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको आग्रह छ ।

हिनामिना भएको राजस्वको विषयमा सम्बन्धित निकाय मौन रहेको र मन्त्री र सचिवलाई यसबारे सोध्दा जानकारी प्राप्त  गर्न नसकिएको पनि उनले बताइन् ।

२०८० साल यता यस्तो कार्यबाट ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् । -Onlinekhabar

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १२ : २८ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको