नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल



नेपाली महिला क्रिकेट टोली एसियन गेम्सका लागि छनोट हुन असफल भएको छ ।

आइतबार भएको तेस्रो स्थानको खेलमा चीनसँग पराजित भएसँगै नेपाल छनोट हुन असफल भएको हो । वर्षाले प्रभावित भएर ७ ओभरमा घटाइएको खेलमा चीनले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

४३ रनको परिवर्तित लक्ष्य चीनले ७ ओभरमा नै पूरा गरेको हो । अन्तिम बलमा २ रन आवश्यक हुँदा चीनले चौका प्रहार गर्दै खेल जितेको हो । त्यसअघि राम्रो सुरुवात गरेको चीनमाथि नेपालले बीचका ओभरमा शानदार पुनरागमन गरेको थियो ।

पहिलो ओभरमै चीनले १६ रन जोडेको थियो । दोस्रो ओभरमा ७ रन जोडेपछि २३-० को बलियो अवस्थामा थियो । तेस्रो ओभरमा रिया शर्माले दुई विकेट लिँदा थप एक रनआउट विकेट पाएपछि नेपाल खेलमा फर्किएको थियो ।

चौथो ओभरमा कविता कुँवरले ३ रन मात्र दिइन् भने एक विकेट पनि आयो । पाँचौं ओभरमा रिया शर्माले ३ रन मात्र दिइन् । छैटौं ओभरमा मनिषा उपाध्यायले ६ रन दिइन् । अन्तिम ओभरमा चीनलाई ७ रन आवश्यक थियो ।

सीताले पहिलो बल डट राखिन् भने दोस्रो बलमा १ रन दिइन् । तेस्रो र चौथो बलमा १-१ रन आयो । पाँचौं बलमा वाइड स्टम्प आउट भएपछि चीनलाई २ बलमा ३ रन आवश्यक भयो । त्यसपछि १ रन लिएको चीनले अन्तिम बलमा चौका प्रहार गर्‍यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । कविता कुँवरले अविजित २२ रन बनाउँदा कप्तान इन्दु बर्माले ११ रन बनाइन् ।

यसअघि शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै एसियन गेम्समा स्थान बनाए ।

नेपाललाई हराएको चीन पनि एसियन गेम्समा छनोट भएको छ । -onlinekhabar

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ११ : ४५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री