प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल « Mahila Khabar
९ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल



प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एक मात्र प्रस्ताव परेकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो । सो प्रस्तावलाई अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

उपसभापति अर्यालको मात्रै प्रस्ताव आएकाले निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्याल काठमाडौं-९ बाट निर्वाचित भएका थिए ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधिसभाबाट निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ४३ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको