सञ्चारिका समूहद्वारा “महिला उद्यम प्रवर्द्धनमा मिडियाको भूमिका” विषयमा छलफल « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सञ्चारिका समूहद्वारा “महिला उद्यम प्रवर्द्धनमा मिडियाको भूमिका” विषयमा छलफल



काठमाडौँ । “महिला उद्यम प्रवर्द्धनमा मिडियाको भूमिका” बारे सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा मूलधारका सञ्चारमाध्यमले महिला उद्यमीका विषयलाई कति प्राथमिकता दिएका छन् भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलमा सहभागी सम्पादक, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरूले महिलाका साना–साना उद्यमका कथा पनि सकारात्मक ढंगले मिडियामा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए। सञ्चारिका समूहले जिआईजेड नेपालको सहयोगमा देशभरका महिला उद्यमीहरूको संघर्ष र सफलताका कथामा आधारित २१ वटा ‘उद्यमी महिला’ शीर्षकका फेलोसिप स्टोरीहरू प्रकाशन गरेको जानकारी दिइयो।

बाह्रखरीका प्रधान सम्पादक हरिबहादुर थापाले राजनीतिक विषयले मात्र प्राथमिकता पाइरहेको वर्तमान अवस्थामा महिला उद्यमीका प्रेरणादायी कथालाई मूलधारमा ल्याउनु सकारात्मक कदम भएको बताए। उनले साना भए पनि प्रेरणादायी विषयहरू उजागर गर्दा अन्य महिलालाई उद्यमशीलतामा लाग्न हौसला मिल्ने उल्लेख गरे।

कार्यक्रममा महिला उद्यमी श्याम वदन श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै महिला उद्यमीहरूले परिवारको जिम्मेवारीसँगै बचत समय प्रयोग गरेर व्यवसाय गरिरहेको भए पनि मिडियाले पर्याप्त स्थान नदिएको गुनासो गरिन्। उनले मिडियाबाट हौसला र बजार प्रवर्द्धनमा सहयोग आवश्यक रहेको बताइन्।

मानवअधिकारकर्मी चरण प्रसाईँले महिला उद्यमसँग सम्बन्धित विषयलाई मानवअधिकारको दृष्टिकोणबाट उठान गर्नुपर्ने बताए। उनले साना व्यवसायमा संलग्न महिलाप्रति सरकारको संवेदनशीलता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने धारणा राखे।

सञ्चारिका समूहकी सल्लाहकार तथा पूर्व अध्यक्ष बबिता बस्नेतले डिजिटल माध्यममार्फत महिला उद्यमको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। उनले साना उद्यमका संघर्षका कथा डिजिटल प्लेटफर्मबाट व्यापक रूपमा फैलाउन सकिने बताइन्।

अधिवक्ता पुनदेवी महर्जनले सफलताका कथासँगै कानुनी पक्षलाई पनि मजबुत बनाउन मिडियाले ध्यान दिनुपर्ने उल्लेख गरिन्। जिआईजेड नेपालकी कम्पोनेन्ट म्यानेजर बिनिजा नेपालले महिला उद्यमशीलता प्रवर्द्धनमा मिडिया र विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको बताइन्।

कार्यक्रममा प्रस्तुत गरिएको ६ महिनाको अध्ययन प्रतिवेदनअनुसार विभिन्न प्रदेशमा महिला सम्बन्धी समाचारका विषय फरक–फरक रहेका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी र स्वास्थ्यसम्बन्धी विषय बढी उठाइएका छन् भने अन्य प्रदेशमा उद्यमशीलता, डिजिटल व्यवसाय र राजनीतिक सहभागितासम्बन्धी समाचारलाई प्राथमिकता दिइएको पाइएको छ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले अझै पनि सञ्चारमाध्यममा महिलाका सफलताभन्दा हिंसा, बलात्कार र आरोपजस्ता नकारात्मक विषयलाई बढी प्राथमिकता दिइएको बताइन्।

कार्यक्रममा २१ जना फेलो, सम्पादक, मेन्टर, नागरिक समाजका प्रतिनिधि, अधिवक्ता तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ८ : २९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री