इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा प्रदर्शन « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा प्रदर्शन



सुर्खेत । इमिसा विकको बलात्कार पछि हत्या गरिएको भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन थालिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले बुधबार दिउँसो वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।

‘इनिशालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिरहेका उनीहरूले उक्त प्रदर्शनलाई ‘खबरदारी र्‍याली’ नाम दिएका छन् । महिलाहरूमाथि हुने हिंसा बलात्कार जस्ता जघन्य अपराध रोक्न माग गर्दै प्रर्दशन गरिएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको खबरदारी र्‍याली यरीचोक, वीरेन्द्र चोक हुँदै जिल्ला प्रशासन जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइने बताइएको छ । प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएपछि जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बस्ने कार्यक्रम रहेको मृतकका आफन्त चन्द्रबहादुर विकले जानकारी दिए ।

इनिसा २३ फागुन बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । -Onlinekhabar

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ५३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री