भारतसँग अमेरिकाको व्यापार सहमति, भन्सार शुल्क १८ प्रतिशतमा झारियो « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

भारतसँग अमेरिकाको व्यापार सहमति, भन्सार शुल्क १८ प्रतिशतमा झारियो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामाग्रीमाथि लाग्दै आएको भन्सार शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा झारिएको घोषणा गरेका छन् । रुसबाट तेल खरिद बन्द गर्न भारत तयार भएसँगै ट्रम्पले यस्तो घोषणा गरेका छन् ।

भारतले अब अमेरिकामाथि लगाएका व्यापार अवरोधहरुलाई पनि कम गर्नेछ । त्यस्तै, रुसको साटो अमेरिका र भेनेजुएलासँग तेल किन्नेछ ।

‘नरेन्द्र मोदीको आग्रहमा उनीसँगको मित्रता र सम्मानका कारण हामी तत्कालै अमेरिका र भारतबीच व्यापार सम्झौता गर्न सहमत छौंं,’ मोदीसँगको टेलिफोन संवादपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

५ सय बिलियन डलरभन्दा धेरै मुल्य बराबरको अमेरिकी उर्जा, प्रविधि, कृषि र अन्य उत्पादक किन्नका लागि पनि मोदी प्रतिवद्ध रहेको ट्रम्पले बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस निर्णयबाट खुसी रहेको बताएका छन् । ‘मित्र ट्रम्पसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको छ । भारतमा बनेका सामाग्रीमाथि अब भन्सार घटेर १८ प्रतिशतमात्रै लाग्नेछ, यसले हर्षित छु’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतका १ अर्ब ४० करोड जनताको तर्फबाट ट्रम्पलाई यस घोषणाका लागि धन्यवाद् छ ।’

विश्का दुई ठूलो प्रजातान्त्रिक देशबीच लामो समय चलेको व्यापार तनावपछि यस्तो सहमति भएको हो । गत अगस्टमा ट्रम्पले भारतबाट अमेरिकामा आयात हुने सामाग्रीमा भन्सार शुल्क दोब्बर बनाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका थिए ।

भारतलाई रुसी तेल खरिद नगर्नका लागि दबाब दिन यसरी भन्सार शुल्क बढाइएको थियो । यसै महिनाको सुरुवातमा अमेरिकाले रुससँग तेल खरिद बन्द गर्नका लागि फेरि दबाब दिएको थियो । -ekantipur 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री