समग्रमा ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

समग्रमा ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै



प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गरिँदै छ । २०७९ को चुनावमा भन्दा यस पटक उम्मेदवार बढी छन् । यसपालि समानुपातिकको ११० सिटमा ३ हजार २१३ उम्मेदवार छन्, प्रत्यक्षतर्फ १६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४०६ जनाको उम्मेदवारी परेको छ ।

गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ४१२ उम्मेदवार मैदानमा थिए । २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।

१० हजार ८९२ मतदानस्थलबाट २०७९ मा मतदान गराइएकामा यस पटक ११ हजार ९०१ मतदानस्थल तोकिएको छ । तीमध्ये अतिसंवेदनशील मतदानस्थल मात्रै ४ हजार छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौतीकै कारण अतिसंवेदनशील मतदानस्थलको संख्या बढाइएको हो । निर्वाचन सुरक्षाका लागि सेनाबाट करिब ८० हजार, प्रहरीबाट करिब ७१ हजार, सशस्त्रबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र ४० दिन कार्यअवधि तोकिएका निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।

२०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिबेला ३५ जिल्लाका ७१ मतदानस्थलमा हुलहुज्जत र तोडफोड गरिएकामा १५ स्थानको मतदान प्रभावित भएको थियो । ३२ ठाउँमा हवाई फायर गरिएको थियो ।

निर्वाचन आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । ‘स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण कायम गर्न’ भन्दै उम्मेदवारदेखि संघ, प्रदेश र स्थानीय सरकार, त्यस मातहतका संयन्त्रसहित २ दर्जन क्षेत्र किटान नै गरी आचारसंहिता लागू गरिएको हो । -ekantipur

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १० : ५० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री