प्रतिनिधिसभा सदस्यका लागि तीन सय ३६ महिला सहित दुई हजार ९२५ उम्मेदवारी परेको छ।
तीमध्ये दुई हजार पाँच सय ८९ जना पुरुष रहेका छन्। यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट एक सय ३८ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हालसम्म कुल दुई हजार ९२५ जनाको उम्मेदवारी परेको हो।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले मनोनयन प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।






प्रतिक्रिया