पूर्वराष्ट्रपति भण्डारीको सन्देश–पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र कायम « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पूर्वराष्ट्रपति भण्डारीको सन्देश–पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र कायम



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उतिकै सान्दर्भिक रहेको बताएकी छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका ससाना राज्यको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले नागरिकहरूको समेत सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवम् हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्ने बताइन् ।

उनले भनेकी छन्, ‘ऐतिहासिक एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका छौं । हामीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्दछ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य समाजको पहिचान हो ।’

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाओस्, साथै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । -Nepalpress

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ४७ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री