संसद् भवनमा महिला शौचालय बढाउन माग गर्दै जापानी प्रधानमन्त्रीसहितको ज्ञापनपत्र « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

संसद् भवनमा महिला शौचालय बढाउन माग गर्दै जापानी प्रधानमन्त्रीसहितको ज्ञापनपत्र



जापानी प्रधानमन्त्री साना ताकाइचीसहितका ५८ जनाभन्दा धेरै महिला सांसद्हरुले संसद् भवनमा महिला शौचालयको संख्या बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले तल्लो सदनको नियम तथा प्रशासन समितिका अध्यक्ष यासुकाजु हमादालाई ज्ञापनपत्र बुझाएका हुन् । यस मागमा अध्यक्ष हमादा सकारात्मक रहेको जापानी दैनिक पत्रिका आशाही सिम्बुनमा प्रकाशित समाचारमा उल्लेख छ ।

जापानको ४ सय ६५ सिट भएको जापानको तल्लो सदनमा अक्टुबरमा २०२४ को निर्वाचनबाट ७३ महिला निर्वाचित भएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो । यसअघिको किर्तिमान सन् २००९ को निर्वाचनमा बनेको थियो, त्यतिबेला ५४ जना निर्वाचित भएका थिए ।

विपक्षी दलकी सांसद् यासुको कोमीयामाले प्रायः अवस्थामा संसद् बैठक सुरु हुनअघि शौचालयमा लामो लाईन लाग्ने गरेको बताइन् । संसद्को बैठक कक्षनजिक दुईवटा कम्पार्टमेन्टसहितको एउटा शौचालय छ ।

समग्र संसद् भवनमा २२ वटा कम्पार्टमेन्टसहितका ९ शौचालय छन् । जबकी पुरुषका लागि ६७ वटा स्टल्स र युरिनलसहितका १२ वटा शौचालय रहेको स्थानीय मिडियाले जनाएका छन् । -ekantipur

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : २३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री