पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पत्तीलाई १७ वर्षको जेल सजाय « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पत्तीलाई १७ वर्षको जेल सजाय



पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई १७ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । राज्यका उपहार गैरकानुनी रूपमा राखेको र बिक्री गरेको अभियोगमा दोषी ठहर गर्दै उनीहरुलाई सो फैसला सुनाइएको हो ।इमरान खान प्रधानमन्त्री रहेका बेला साउदी अरेबियाबाट प्राप्त गहना लगायतकाउपहारहरु वास्तविक बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गरेको उनीहरु माथि आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वास्तविक बजार मूल्य २ लाख ८५ हजार डलर बढी भए पनि खान र खानकी पत्नीले १० हजार अमेरिकी डलरमा विक्रि गरेको पाइएको समाचारमा उल्लेख छ।

पाकिस्तानी कानुनअनुसार विदेशी व्यक्तिबाट प्राप्त राज्यका उपहार राख्न चाहने सरकारी अधिकारी वा राजनीतिज्ञले ती उपहारहरुवास्तविक बजार मूल्यमा खरिद गर्नुपर्ने व्यवस्था छ। पूर्व प्रधानमन्त्री खानका प्रवक्ता जुल्फिकार बुखारीले भ्रष्टाचारसम्बन्धी सो मुद्दामा आएको फैसलाले न्यायका आधारभूत सिद्धान्तलाई वेवास्ता गरेको आरोप लगाएका छन्।

यसैबीच खान नेतृत्वको दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले अदालत बाट भएको फैसला प्रति असन्तुष्टि जनाउँदै “इतिहासको कालो अध्याय” का रुपमा व्याख्या गरेको समाचार संस्था एपीले जनाएको छ। ७३ वर्षीय खान अप्रिल २०२२ मा अविश्वासको प्रस्तावमार्फत पदच्युत भएका थिए । सन् २०२३ देखि खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लागेको थियो ।

 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : ०५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री