शीर्ष क्रमका ३ ब्याटर दोहोरो अंक समेत नबनाइ आउट भएपछि विराटनर सुरुदेखिनै दबाबामा परेको थियो । उसका लागि सम हेजलेटले सर्वाधिक ३४, नरेन भट्टले २१ र मर्चेन्ट डे ल्याङले १७ रन बनाउनुबाहेक अन्यले विर्सनलायक प्रर्दशन गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३४ रन जोडे ।
सर्ट र रोहित पौडेलले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । यस्तै, निरोशन डिकवेलाले २९ रन बनाए । विराटनगरका सुभाष भण्डारी र प्रतिश जिसीले समान ३÷३ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । पहिलो क्वालीफायरमा विराटनरलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसको को छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।






प्रतिक्रिया