अस्ट्रेलियामा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन शुरु « Mahila Khabar
१४ श्रावण २०८३, बिहिबार

अस्ट्रेलियामा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन शुरु



काठमाडौं  ।  अस्ट्रेलियामा उमेर नपुगेका बालबालिकामाथि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने काम शुरु भएको छ ।

त्यहाँको सरकारले लागू गर्ने तयारी गरेको कानूनी प्रावधानलाई आधार मान्दै समाजिक सञ्जाल कम्पनी मेटाले १६ वर्ष नपुगेका बालबालिकाको खाता बन्द गर्न शुरु गरेको हो ।

अस्ट्रेलियाले टिकटक युट्युब लगायत १० वटा विभिन्न अनलाइन प्लेटफर्ममा उमेर नपुगेका खाता प्रयोगलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सोहि अनुरुप यही डिसेम्बर १० सम्ममा त्यस्ता खाता निष्क्रिय गर्नका लागि काम शुरु गरिएको मेटाका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नयाँ नियमको पालना गर्न नसके सामाजिक सञ्जाल सञ्चालक कम्पनीले अस्ट्रेलिया सरकारलाई ठूलो रकम जरिवाना तिर्नुपर्ने देखिएको समाचारमा जनाइएको छ ।- Radiokantipur

 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ५० बजे

मानव बेचबिखनविरुद्धको कानुन समयसापेक्ष बनाउन सरोकारवालाको जोड

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी पहिलो संशोधन विधेयक समयसापेक्ष

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको