श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु



काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।

यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका

आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।

श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।

श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन् । राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहारा लिइएको छ ।’

मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको छ ।

सबैभन्दा प्रभावित मध्येको एक मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले एक स्थानीय मिडियासँग भनेका छन्, ‘हामी गाउँ छोड्न सक्दैनौं र कोही यहाँ आउन पनि सक्दैन, किनकि पहिरोले सडकहरू भत्किएका छन् । यहाँ खाना छैन र पिउने पानीको पनि समस्या छ ।’

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : २८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री