कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी



काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।

बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो ।

१३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको छ ।

आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो ।

आयोजकले भनेको छ, ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’

आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार सम्भवत: कुनै विद्युतीय उपकरण (शायद माइक्रोवेभ) बाट आगो लागेको हुनसक्ने अनुमान छ । -Onlinekhabar

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ३५ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री