आन्दोलनरत खेलाडी र एन्फाबीच आज वार्ता हुने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

आन्दोलनरत खेलाडी र एन्फाबीच आज वार्ता हुने



सबै तहका लिग नियमित हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको फुटबल खेलाडी संघलाई अखिल नेपाल फुटबल संघले वार्तामा बोलाएको छ ।

खेलाडीको माग सम्बोधनमा ढिलाई गरेको भन्दै आलोचना हुन थालेपछि एन्फाले खेलाडीहरुलाई आज वार्ताका लागि बोलाएको हो । एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै नेपाल फुटबल खेलाडी संघ र प्रतिनिधिलाई वार्ताका लागि आव्हान गरेका हुन् । ् फुटबलका बारेमा उठेका विचारलाई संवादको माध्यमबाटै समाधान गर्नका लागि वार्ता प्रकृया शुरु गरिएको शाहले उल्लेख गरेका छन् ।

क्लव र एन्फाबीच यो वर्ष शहिद स्मारक ए डिभिजन लिग नगर्ने र राष्ट्रिय लिग गर्ने सहमति भएपछि गत बिहीबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालयमा धर्ना दिएका थिए । मुख्यालय परिसर छिर्न नपाएपछि खेलाडीले मुलगेटै धर्ना र विरोध प्रदर्शन गरेका थिए ।

यसैबीच, खेलाडी संघका अध्यक्ष विक्रम लामाले वार्ता र संवादबाटै समस्याको समाधान निस्किने भन्दै त्यसका लागि आपूmहरु आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ४० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री