काठमाडौं । भारतको बिहार विधान सभा अन्तरगत पहिलो चरणको निर्वाचन आज हुँदैछ।
बिहारमा पहिलो चरणको मतदान आज अर्थात् ६ नोभेम्बर हुन गइरहेको हो। आज ११५ विधानसभा सिटका लागि ४५ हजार ३ सय ४१ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ। ६ विधानसभा क्षेत्रका २ हजार १ सय ३५ मतदान केन्द्रमा बिहानबजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ।
पहिलो चरणमा १८ जिल्लाका १२१ सिटमा मतदान हुनेछ। आज मतदान हुने जिल्लाहरुमा मधेपुरा, सहरसा, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, मुंगेर, लखीसराय, शेखपुरा, नालंदा, पटना, भोजपुर, र बक्सर रहेका छन्।
१२१ सिटमा कुल २ हजार ४ सय ९६ उम्मेदवारी परेको थियो। तीमध्ये १ हजार ९ सय ३९ लाई वैध मानिएको छ। ती मध्ये ७० प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन्। अहिले १ हजार ३ सय १४ उम्मेदवार चुनावी मैदानमा छन्। पहिलो चरणमा १०२ सामान्य र १९ अनुसूचित जातिका लागि आरक्षित सिटमा मतदान हुने बताइएको छ।
प्रकाशित मिति :
२० कार्तिक २०८२, बिहिबार ७ :
२६ बजे
प्रतिक्रिया