काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आर्थिक अनियमितता र अस्तित्वबारे उठेका प्रश्नहरूका बीचमा राजदूतहरू फिर्ता बोलाउने निर्णय गरिएको बताएकी छन् ।
शुक्रवार बालुवाटारमा सम्पादकहरूसँगको संवादका क्रममा कार्कीले सो बारे जानकारी गराएकी हुन् । उनले भनिन्, “राजदूतहरूको फिर्ता बोलाउनुको मुख्य उद्देश्य विदेशी प्रतिनिधिहरूसँगको सम्वादलाई अझ स्पष्ट र प्रभावकारी बनाउनु हो।”
प्रधानमन्त्री कार्कीले सरकारको समयमै चुनाव गराउने प्रतिबद्धता पुनः दोहोर्याउँदै भनिन्, “हामी कुनै दललाई उपेक्षा गर्दैनौं। सबै दलहरूसँग संवाद भइरहेको छ र सरकारको प्राथमिकता भनेको शान्तिपूर्ण र निष्पक्ष चुनावको सुनिश्चितता गर्नु हो।”
अर्कोतर्फ, प्रधानमन्त्रीले आगामी चुनावका लागि छिमेकी मुलुकबाट सात सय सवारी साधनको आश्वासन प्राप्त भएको र सरकार गैरघातक हतियार खरिद गर्ने तयारीमा रहेको जानकारी दिइन् ।
सरकारको नेतृत्वमा सबैलाई कानुनी राजको सम्मान गर्न र त्यसका लागि काम गर्न प्रोत्साहित गरिने प्रधानमन्त्री कार्कीको भनाइ छ । न्याय र समानताका आधारमा काम गर्न प्रतिबद्ध रहेको उनले बताइन् ।






प्रतिक्रिया