नेपालको मौसम शुक्रबार रातिसम्म प्रभावित हुने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नेपालको मौसम शुक्रबार रातिसम्म प्रभावित हुने



काठमाडौँ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को कारण नेपालको मौसम शुक्रबार रातिसम्म प्रभावित हुने भएको छ। शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ। यी मौसमी प्रणालीको प्रभावले हाल देशभर साधरणतया देखि अधिकांश बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै, गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै तथा बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।

राति कोशी, मधेस र बागमती प्रदेशका धेरै, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र मधेस प्रदेशका थोरै तथाबागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। – Thahakhabar

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : २० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री