गृहमन्त्री हटाउन दबाब दिएको खबर भ्रामक : प्रधानमन्त्रीको सचिवालय « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

गृहमन्त्री हटाउन दबाब दिएको खबर भ्रामक : प्रधानमन्त्रीको सचिवालय



काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमनत्रीलाई हटाउन लागिएका दाबीबारे स्पष्टीकरण दिएको छ।

आज एक प्रेस विज्ञप्तिमार्फत ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको’ भन्ने समाचारहरू भ्रमपूर्ण भएको बताएको हो।

मन्त्री हटाउने वा राख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको विषय भएकाले भ्रम नछर्न आग्रह गरिएको हो। विज्ञप्तिमा जेन–जी आन्दोलनबाट व्यक्त जनादेशअनुसार गठन भएको सरकारले असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै अघि बढिरहेको उल्लेख गरिएको छ।

गृहमन्त्री अर्यालले आगामी निर्वाचनका तयारी, शान्ति–सुरक्षा सुदृढीकरण र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर खटिरहेको जनाइएको छ।

प्रधानमन्त्री कार्यालयले यस्ता अफवाहपूर्ण र भ्रामक समाचारहरू नफैलाउन र नपत्याउन सबै पक्ष र सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ। गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनका तत्कालीन राज्यका तर्फबाट भएको दमनलाई लिएर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेकोमा बालेनले अर्याललाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीमाथि दबाब बढाएको चर्चा चलेको छ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १२ : ४८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री