मुस्ताङमा एक हप्तामा पुगे २० हजार पर्यटक « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

मुस्ताङमा एक हप्तामा पुगे २० हजार पर्यटक



पर्वत । तिहारमा मुस्ताङ पुग्ने पर्यटकको संख्या बढेको छ। पोखराबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पर्वतको कुश्मा पुगेपछि म्याग्दीको बेनी हुँदै स्थल मार्गबाट मुस्ताङ जाने बाटो सहज भएकाले बिदा सदुपयोग गर्दै मुस्ताङ जानेहरूको सङ्ख्या बढेको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार कात्तिक १ देखि ७ गतेसम्मको एक हप्ताको अवधिमा नै १९ हजार ४४४ पर्यटक मुस्ताङ पुगेका छन्।

प्रहरीका अनुसार सात दिनमा १७ हजार १२९ स्वदेशी पर्यटक मुस्ताङ पुग्दा दुई हजार ३१५ विदेशी पुगेकाका छन्। यो विदेशी पर्यटकको तुलनामा ६४० प्रतिशत बढी स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्।

तथ्याङ्कले देखाए अनुसार मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटकमध्ये पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ। एक हप्तामा आठ हजार ४०२ पुरुष मुस्ताङ पुग्दा आठ हजार ७२७ महिला मुस्ताङ पुगेका छन्। पुरुषको तुलनामा महिलाको सङ्ख्या ३ दशमलव ८७ प्रतिशतले बढी हो।

विदेशी पर्यटकहरूमा भने मुस्ताङ आउनेमा पुरुषहरूको सङ्ख्या नै बढी देखिएको छ। सोही अवधिमा एक हजार तीन सय ३३ जना विदेशी पुरुष मुस्ताङ छिर्दा ९८२ जना महिला त्यहाँ पुगेका छन्। महिलाको सङ्ख्याको तुलनामा पुरुषको सङ्ख्या करिब ३५ प्रतिशतले बढी हो। -Thahakhabar

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : १४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री