शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीबाट अमेरिका बाहिरियो, नेपाल यथावत « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीबाट अमेरिका बाहिरियो, नेपाल यथावत



काठमाडौं । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो ।

अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।

सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ, जसले १९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया १९० देशमा र तेस्रोमा जापान १८९ देशमा भिसा बिना प्रवेश पाउने हैसियतमा छन्।

इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ७७औं स्थानमा पुगेको छ।

सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गर्दा नेपाल यथास्थितिमा रहेको हो । भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।

नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा पनि नेपाल १०१ औँ स्थानमा थियो भने अघिल्लो वर्ष १०३ औँ स्थानमा रहेको थियो ।
– Onlinekhabar

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ३० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री