काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२०आई शृंखला ३–२ ले जितेको छ।
बुधबार भएको पाँचौं र निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै १०४ रनको लक्ष्य १८ ओभरमा पूरा गर्यो। रुबी पोदारले २६, पूजा महतोले २३ रन बनाइन् भने रुबिना क्षेत्री १५ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। कप्तान विनिफ्रेडले ४० रन बनाइन्।
नेपालका लागि कविता कुँवर र राजमती ऐरीले समान ३ विकेट लिइन्।
नेपालले शृंखलामा दोस्रो र चौथो खेल जितेको थियो भने पहिलो र तेस्रो खेल हारेको थियो।






प्रतिक्रिया