मलेसियासँगको सिरिजमा आज नेपालले तेस्रो खेल खेल्दै « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

मलेसियासँगको सिरिजमा आज नेपालले तेस्रो खेल खेल्दै



काठमाडौं । अन्तर्राष्ट्रिय टी २० शृङ्खलाको चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनको पराजय भोगेको छ।

पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेकाले मलेसिया २–१ ले अगाडि छ। सिरिज बराबरी गर्न नेपालले आजको खेल जित्नै पर्ने दबाब छ। मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ।

पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो।

दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६।२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गर्दा ६ विकेटको जित निकालेको थियो।

तेस्रो खेलमा मलेसियाले जितको लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमा समेटिँदा १३ रनले पराजित भएको हो।

मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन्। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ।

 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ०२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री